कस्तो रह्यो राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको रुस भ्रमण ?
ekantipur.com · Thu Apr 27 16:47:10 GMT 2023
काठमाडौँ — एक वर्षभन्दा लामो समयदेखि रुस–युक्रेन युद्ध चलिरहेकै बेलामा नेपालबाट वैशाख ६–१२ सम्म एक उच्चस्तरीय भ्रमण सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा एक संसदीय टोलीले रुसका दुई ठूला शहर मस्को र सेन्ट पिटरसवर्गको भ्रमण गरेको हो । उक्त अवशरमा नेपालको राष्ट्रिय सभा र रुसको माथिल्लो सदन फेडेरेसन काउन्सिल बीच ‘अन्तर संसदीय सहयोग सम्झौता’ भयो ।
उक्त सम्झौता पत्रमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र रुसको माथिल्लो सदन फेडेरेसन काउन्सिलकी अध्यक्ष भालेन्टिना भाट्भिइन्को बीच हस्ताक्षर भएको थियो । परराष्ट्र मन्त्रालयलाई जानकारी दिइएर उक्त सहमति भएको र त्यसमा मन्त्रीपरिषद्को निर्णय आवश्यक नपर्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । उनले भ्रमणको समिक्षा गर्दै अत्यन्तै सफल भएको अनुभूति गरेको उल्लेख गरे । ‘दुई माथिल्लो सदन बीचमा साझेदारी पत्रमा हस्ताक्षर गर्छौं । त्यो सरकारललाई जानकारी दिएर परराष्ट्र मन्त्रालयसँग सल्लाह गरेर गरेका हौं,’ उनले भने,‘हाम्रो दुई संसद बीचको सहकार्य गर्ने, संसद बीचको अनुभव आदान–प्रदान गर्ने, संसदीय मैत्री समूहहरु गठन गर्ने । भ्रमणहरु आदान प्रदान गर्ने तथा ज्ञान र प्रविधि साटा साटा गर्ने गरि साझेदारी भएको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)