दशैंको मुखमा चिनी आयात ठप्प
abhiyandaily.com
दशैं आउन १५ दिनमात्र बाँकी रहँदा विराटनगर र आसपासका केही भन्सारहरूबाट चिनी आयात बन्द भएको छ । सरकारले चिनीको भन्सार मूल्यांकन प्रतिकिलो भारू १६ बाट बढाएर प्रतिकिलो भारू २२ पुर्याएपछि चिनी आयात बन्द भएको हो । सरकारको निर्देशनमा भन्सार विभागले असोज १ गतेदेखि चिनीको भन्सार मूल्यांकन बढाएको हो । नेशनल ट्रेडिङ र साल्ट ट्रेडिङलाई भने सरकारले १ प्रतिशत भन्सार लिएर चिनी आयात गर्न दिँदै आएको छ ।
अहिले चिनी सीमावर्ती भारतीय बजार जोगबनीमा प्रतिकिलो रू. ४८ र विराटनगरमा रू. ५६ मा विक्री हुने गरेको छ । स्थानीय खुद्रा व्यापारी रोहित पौडेलले आपूmले तस्करीको चिनी किन्ने गरेको र क्यारिङ गर्नेहरूले चिनीलगायत सामान पसलमा नै ल्याइदिने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)