मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोलिदेखि खिचरा महोत्सव, गृहमन्त्री लामिछानेले उदघाटन गर्ने

lokaantar.com · Wed Jan 11 00:01:34 GMT 2023

पुस २८ गते भोलि बिहीबारदेखि आठौं संस्करणको खिचरा महोत्सव–२०७९ शुरु हुँदैछ । महोत्सवको उदघाटन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्दैछन् । खिचरा महोत्सव आयोजक समितिका अनुसार पुस २८ गते गृहमन्त्री आउने भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बुधबार अपरान्ह महोत्सवस्थलको निरीक्षण गरेका छन् ।

खैरहनी नगरपालिका –५, जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उदघाटनका दिन मंगनीचोकदेखि महोत्सव स्थलसम्म बृहत झाँकीसहितको शोभायात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)