मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले १५ लाखलाई पुग्ने खोप दिने

annapurnapost.com · Sat Jul 10 06:54:00 GMT 2021

काठमाडौं : अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने खोप उपलब्ध गराउने भएको छ। अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका हुन्।

अमेरिकाले अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित जेन्सेन खोप सहयोग गर्न लागेको हो। यो खोप एक मात्रा (डोज) लगाए पुग्छ। राजदूत बेरीले नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्ना लागि अन्त्यन्तै खुसीको क्षण भएको उल्लेख गरेका छन्। ‘अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने छ’, उनले उल्लेख गरेका छन्। उक्त खोप नेपालमा कहिले आइपुग्छ भन्नेबारे यकिन भइनसकेको अमेरिकी दूतावासले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)