मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुक्तिनाथ मन्दिरमा दसैँ टिका

ratopati.com · Tue Oct 20 16:25:25 GMT 2026

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझ धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टिका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आर्शिवाद दिने कार्यक्रम रहेको बताए।

विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टिका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दसैँ टीका लगाइदिने व्यवस्था गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)