मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

ratopati.com · Tue Oct 20 16:38:20 GMT 2026

काठमाडौँ । वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठुलो सङ्ख्यामा आज भक्तजनले दर्शन गरेका छन् ।

साविकको राजनिकुञ्ज हाल नेपाल ट्रस्टको कार्यालय मातहत रहेको गोकर्ण जङ्गलस्थित राष्ट्रिय वन क्षेत्र भित्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण वनदेवी मन्दिरमा नवरात्रका अवसरमा पूजा, आराधना एवं दर्शनका लागि राजधानीका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)