तातोपानीमा पास लिनेको लर्को
ekantipur.com · Sat Sep 02 01:08:56 GMT 2023
सिन्धुपाल्चोक — चीनको खासाबाट आठ वर्षपछि लिपिङ आइपुग्दा तिब्बती वेशभूषामा सजिएका एक सय २० स्थानीय (खासावासी) झकिझकाउ देखिन्थे । उता मितेरी पुलपारि पुगेका दुई सयभन्दा बढी नेपाली चिनियाँ आतिथ्यपछि मितेरी पुलछेउका केही बजारमा व्यापारिक किनमेलमा व्यस्त रहे ।
नेपाल–चीनको मितेरी पुलयताका बजार धेरै झकिझकाउ थिए, त्यहाँ पास लिएर आइपुगेका खासावासीलाई चिनियाँले नेपालीलाई गरेझैं नेपालीले सम्मान गर्दै स्वागत गरे । आठ वर्षपछि नाका खुलेको खुसीमा दुवैतर्फ ठेलमठेल र पास लिनेहरूको लर्को देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)