समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा
kendrabindu.com · Wed Aug 19 03:34:39 GMT 2026

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया निकुञ्जका प्राविधिक, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र सुरक्षाका लागि तैनाथ नेपाली सेनाले बाघलाई नियन्त्रणमा लिएका हुन् ।
एक महिनायता गाउँबस्तीमा पसेर गोठैबाट गाई, गोरु, बाख्रा खाने गरेपछि स्थानीय आतंकित भएका थिए । बाघलाई नियन्त्रणमा लिन १९ दिन लागेको निकुञ्जका प्रमुख अशोकरामले बताए । ‘चौपाया खान पल्केको समस्याग्रस्त बाघले मानिसलाई आक्रमण गर्न सक्ने भएकोले त्यहाँ १९ दिनदेखि खोजतलास गरिएको थियो,’ उनले भने, ‘क्यामेरा ट्रयापिङ गरी बाघ पत्ता लागेपछि डार्ट गरी नियन्त्रणमा लिएका हौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)