ट्रम्प र जेलेन्स्कीको तस्बिर राखेर दीपकराज गिरीले लेखे ‘शनि र साढे सात’को कथा
canadanepal.com · Tue Mar 04 04:01:45 GMT 2025

काठमाडौं– कलाकार दीपकराज गिरीले अमेरिकी र युक्रेनी राष्ट्रपति डोनल्ड ट्रम्प अनि भोलोदीमीर जेलेन्स्कीको तस्बिर राखेर शनि र साढे सातका कथा लेखेका छन्।
उनले पोशाकको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा एउटा चोटिलो व्यङ्ग्यात्मक प्रहार गरेका हुन्।
गिरी फेसबुकमा लेख्छन्–
शनिः सूट किन नलगाको?
सॉढेसातः लौ ... धुन दिएको थियो त्यसैले !
शनि ः अनि यो कालो लुगा लगाएर हाम्रो बिरोध गर्न आको ?
सॉढेसातः लौ... होइन होइन !!
शनिः भित्र गन्जि कस्तो कलरको लाको छ?
सॉढेसातः हजूर त्यो पनि कालै छ ..
शनिः ओहो , गन्जि भित्रको तिम्रो मन पनि कालै छ
सॉढेसातः होइन ! होइन , मेरो मन सफÞा छ हजूर
शनि ः छोड.... अन्डर बेयर लाको छ कि छैन?
कि त्यो पनि कालो छ ? हेर !तिमि सम्पूर्ण रूपमा
आम्रो बिरोधमा छौ त्यसैले कालो लुगा लगाएर
आएका छौ ! अब यॉहाबाट कालै मुख लगाएर
जाउ.......गै हाल !
सॉढेसात लाग्या बेलामा शनिले मान्छेलाइ यसरी नै दुख दिन्छ ! यो फोटो उदाहरण मात्रै हो ..... शुभदिन!
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)