धनगढीमाईका प्रमुख प्रशाकीय अधिकृतमाथि हातपात भएपछि अनिश्चित कालका लागि कार्यालय बन्द
ratopati.com · Sat Apr 29 06:26:00 GMT 2023
सिराहा । सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र अधिकृतसहित अन्य कर्मचारीहरूलाई गालीगलौज गर्नेहरूमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प गर्ने घोषणा गरिएको छ । कमलामाई सप्लायर्स धनुषका सञ्चालक वेचन शर्माको नेतृत्वमा आएका ५÷७ जनाको समूहले शुक्रवार अपराह्न कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद गेलालमाथि हातपात गर्नुका साथै अन्य कर्मचारीलाईसमेत गाली गलौच गरेको भन्दै कारबाहीको माग गर्दै नगरपालिकाले कार्यालय अनिश्चित कालको लागि बन्द गर्ने घोषणा गरेको हो ।
पालिकाले ग्राभेल उत्खननमा रोक लगाएको भन्दै शर्माको नेतृत्वमा आएका ५-७ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत गेलाललाई कार्यकक्षमा थुनेर हातपात गर्नुका साथ गाली गलौच गरेको कर्मचारीहरूद्वारा जारी गरिएको माग पत्रमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)