सिद्वबाबा सुरुङ मार्ग खण्डमा पहिरो, सिद्धार्थ राजमार्ग अवरूद्ध
onlinekhabar.com · Wed Aug 19 03:51:13 GMT 2026

३ भदौ, बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । बुधबार बिहान पाल्पातर्फबाट सुरुङमार्ग प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
पहिरो झर्न रोकिएपछि सडक खुलाउन डोजर प्रयोग गरेर काम थालिएको तर एक दुई घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)