मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला
khabarhub.com · Wed Aug 19 04:17:01 GMT 2026

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।
निर्मल माध्यामिक विद्यालयबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन् । बाँकी दुईजना बेपत्तामध्ये आज बिहान अर्की बालिका बिनिता भ्लोनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)