मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले ल्याएको नयाँ अध्यादेशप्रति लामिछाने र शर्माको आपत्ति

kalakarmi.com · Mon Dec 12 00:19:51 GMT 2022

काठमाडौं– सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न ल्याएको नयाँ अध्यादेशको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमार्फत आमसर्वसाधारणसंगै नेताहरुलेसमेत यसको विरोध गरेका छन् । आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले उक्त अध्यादेशको विरोध गरेका हुन् । आइतबार राति यी दुई नेताले दुई भिन्न ट्वीट गर्दै अध्यादेश ल्याइएकोमा विरोध प्रकट गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)