मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटको गौरमा भोलि पनि बिहानैदेखि कर्फ्यु

barnanmedia.com · Sat Feb 21 22:14:37 GMT 2026

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर भोलि(आइतबार) पनि कर्फ्यु आदेश निरन्तरता दिएका छन् ।

सूचनाअनुसार आज दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । सो अवधिमा पनि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)