मधेशमा सत्ता गठबन्धन परिवर्तन गर्ने एमाले प्रयास
ekantipur.com · Sat Jun 10 16:44:45 GMT 2023
काठमाडौँ — संघमा सत्ता गठबन्धन परिवर्तन भएसँगै मधेश प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रदेशिकस्तरमा नयाँ गठबन्धन बनाउने गृहकार्य सुरु गरेको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)प्रति असन्तुष्ट रहेका सत्तारुढ दलहरुसँग एमालेले नयाँ गठबन्धन निर्माणका लागि संवाद अघि बढाएको हो ।
गठबन्धनका अन्य दलहरुले मुख्यमन्त्री सरोजकुमार यादवले एकलौटीरुपमा प्रदेश सरकार सञ्चालन गर्न खोजेको भन्दै असन्तुष्ट रहेका छन् । पछिल्लो समयमा माओवादी केन्द्र सत्ताबाट बाहिरिएको छ भने प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अनुपस्थित रहृयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)