मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गजेन्द्रले जिते गोदावरी हाफ म्याराथन

ekantipur.com · Sun Mar 12 01:31:21 GMT 2023

काठमाडौँ — आर्मीका धावक गजेन्द्र राईले शनिबार गोदावरी खुला हाफ म्याराथन दौड जितेका छन् ।

गजेन्द्रले १ घन्टा ९ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै एक लाख रुपैयाँ पुरस्कार जितेका हुन् । एपीएफका गोपीचन्द्र पार्कीले १ घन्टा १० मिनेट ५२ सेकेन्डबाट दोस्रो भए भने आर्मीकै नरेन्द्र रावलले १ घन्टा ११ मिनेट ११ सेकेन्डबाट तेस्रो स्थान हात पारेका थिए । दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पुरस्कार पाए । चौथोदेखि सातौंसम्म होमलाल श्रेष्ठ, मोहनदेव जोशी, श्रीकास राई र रामेन्द्र तामाङ विजयी भए । उनीहरूले क्रमशः ३०,२५, १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)