प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलले ब्राइटनलाई हरायो : सिटी र एभर्टनको बराबरी
Ujyaaloonline.com · Sun Jan 01 01:27:07 GMT 2023
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ४–२ गोलले हराएको हो । जितसँगै आर्सनल १६ खेलमा ४३ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । पराजित ब्राइटन समान खेलमा २४ अङ्ककासाथ आठौँ स्थानमा रहेको छ ।
गएराति भएको अर्को खेलमा म्यानचेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । सिटी र एभर्टनले एक/एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सिटीले सुरुआती अग्रता जोगाउन सकेन । खेलको २४औँ मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६४ औँ मिनेटमा एभर्टनका डिमराइ ग्रेले बराबरी गोल गरे । सिटी १६ खेलमा ३६ अङ्कका साथ दोस्रो स्थानमा छ । एभर्टन १७ खेलमा १५ अङ्कका साथ १६ औँ स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)