चीनले सरकारी निकायबाट माइक्रोसफ्टको विन्डोज हटाउँदै, अब स्वदेशी अपरेटिङ सिस्टम प्रयोग गर्ने
techpana.com · Wed Aug 19 05:42:46 GMT 2026

काठमाडौं । चीनले सरकारी निकायमा प्रयोग हुँदै आएको माइक्रोसफ्टको विन्डोज १०को विशेष संस्करण हटाउने प्रक्रिया निर्धारित समयभन्दा अगाडि नै अघि बढाएको छ । विदेशी प्रविधिमाथिको निर्भरता घटाउने र संवेदनशील सरकारी डेटा सुरक्षालाई प्राथमिकता दिने चीनको नीतिअनुसार यस्तो कदम चालिएको हो ।
ब्लुमबर्गको रिपोर्ट अनुसार, चीनको राज्य सुरक्षा मन्त्रालयले केही सरकारी तथा सरकारसँग सम्बन्धित संस्थालाई माइक्रोसफ्टको उक्त सफ्टवेयर आफ्ना कम्प्युटरबाट हटाउन निर्देशन दिएको छ । यो संस्करण विशेष रूपमा चिनियाँ सरकारी निकायका सुरक्षा आवश्यकता अनुसार तयार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)