मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मुलुकका ६ दर्जन सिनेमा हलमा प्रेमा

rajdhanidaily.com · Thu Mar 30 23:26:40 GMT 2023

काठमाडौं । त्रिकोणात्मक प्रेम कथामा आधारित नेपाली चलचित्र ‘प्रेमा’ शुक्रबारबाट देशव्यापी रिलिज हुँदै छ । यो चलचित्र मुलुकका ६ दर्जनभन्दा बढी सिनेमा हलमा एकसाथ रिलिज हुने यसको निर्माण पक्षले जनाएको छ ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको हो । शुक्रबार आफ्नो फिल्मले एकल रिलिजको अवसर पाएको निर्देशक भण्डारीले बताएका छन् । चलचित्रको कथा’bout उनले भने, ‘यो मैले देखेको प्रेम कथाका हो । प्रेममा परेका व्यक्तिले सही समयमा सही निर्णय लिन नसक्दा त्यसको परिणाम जे पनि हुन सक्छ भन्ने कथा यो चलचित्रमा उठान गरिएको छ ।’ आफ्नो सिनेमा नेपालीसँगै तेलुगु भाषामा पनि निर्माण भएको र तेलुगु भर्सन चाँडै नै ओटीटी प्लेटफर्मबाट रिलिज हुने पनि उनले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)