रौतहटमा बलात्कारका फरार आरोपित पक्राउ
ekantipur.com · Tue Aug 15 16:39:18 GMT 2023
रौतहट — बलात्कारको आरोपमा फरार एक जनालाई रौतहटको राजपुर नगरपालिका–५ स्थित राजपुर फरहदवा टोलबाट प्रहरीले पक्राउ गरेको छ ।
चार महिनाअघि गाउँकै महिलालाई बलात्कार गरेको आरोप लागेका रंजीत साह तेलीलाई उनकै होटेलबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तेलीलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएको छ । बलात्कारको आरोपमा किटानी जाहेरी परेपछि उनी फरार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)