पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा
ratopati.com · Wed Aug 19 06:56:45 GMT 2026

पाल्पा । पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । यसअघि बिहान पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो ।
राजमार्गको पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)