ट्रायल नै नदिएका र फेल भएका १६६ लाई सवारी लाइसेन्स दिने नौ कर्मचारीविरुद्ध मुद्दा
nayapatrikadaily.com · Sat Mar 19 00:19:00 GMT 2022
नधिकृत रूपमा सवारीसाधनको लाइसेन्स दिने नौ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेलसहित नौ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुशासन आयोगले शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा ट्रायल नदिएका र ट्रायल फेल भएका एक सय ६६ जनालाई पास गराई सवारीसाधनको लाइसेन्स दिएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ । मुद्दा दायर गरिएका अन्यमा शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर (आठौँ)का भरतराज काफ्ले र भरतमणि बराल, अधिकृतस्तर (सातौँ)का प्रेमप्रसाद श्रेष्ठ, छैटौँ तहका डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, करार सेवाका कम्प्युटर अपरेटरद्वय झलक पौडेल र मोहनमणि सुवेदी छन् । मुद्दा लगाइएकामध्ये गौतम हाल गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा शाखा अधिकृत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)