एसपिपीमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्ने
nayapatrikadaily.com · Mon Jun 20 00:24:00 GMT 2022
अमेरिकाले सम्झौताका लागि प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को विषयमा राष्ट्रिय धारणा बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्ने भएका छन् । आइतबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले एसपिपी राष्ट्रिय हितविपरीत रहेको निष्कर्षसहित यसबारे सर्वदलीय बैठकमार्फत साझा धारणा बनाउन प्रधानमन्त्री देउवालाई सुझाएका थिए ।
गठबन्धनका नेताले प्रधानमन्त्री देउवालाई सर्वदलीय बैठक बोलाएर जनस्तरमा यथार्थ जानकारी गराउनुपर्ने बताएका थिए । ‘राष्ट्रिय हितविपरीतका सम्झौता अगाडि बढाउने काम कुनै पनि हालतमा हुँदैन । नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर हुँदैन । सर्वदलीय बैठकमार्फत धारणा बनाएर जान म तयार छु,’ बैठकमा प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्रीले उपयुक्त समयमा सर्वदलीय बैठक बोलाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)