श्रीमानको अँगालोले श्रीमतीका पाँच करङ भाँचिए, चिकित्सकले दिए यस्तो सुझाव
annapurnapost.com · Tue Oct 20 21:16:47 GMT 2026

काठमाडौं : चीनमा श्रीमानले कसिलो अँगालो हाल्दा एक महिलाका पाँच वटा करङ भाँचिएका छन् भने अर्को करङमा चिरा परेको छ । सामान्य अँगालोका क्रममा गम्भीर चोट लागेपछि यो घटना चर्चामा आएको हो ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार जियाङ्सु प्रान्तका एक पुरुषले आइतबार चिसो लागेको बताएकी आफ्नी श्रीमतीलाई मायाले अँगालो हालेका थिए । तर, अँगालो हाल्ने क्रममा महिलाको छातीमा चोट लागेपछि उनलाई असह्य पीडा भएको थियो। उनी बस्न बाध्य भएकी थिइन् भने दुखाइका कारण उठ्नसमेत सकिनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)