भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै
nepalnews.com · Wed Aug 19 08:18:43 GMT 2026

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ। परिसरको पुनर्निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ। भद्रकाली काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो । निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ।
विसं २०७२ को भूकम्पबाट मन्दिर परिसरका संरचनामा क्षति पुगेको थियो । विसं २०८१ असारदेखि परिसरको पुनर्निर्माण सुरु गरिएको हो । हाल मन्दिरसँगै आसपासका पाटी तथा सत्तलको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ। पुनर्निर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना, शिल्प तथा वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्व विभागले लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)