आवासीय प्रयोगमा आएनन् नमूना माझी बस्तीका घर
abhiyandaily.com
सिन्धुपाल्चोक । २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर आवासीय प्रयोगमा आउन सकेका छैनन् । भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली संघले रू. एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए । बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याएका छन् । उनले बस्तीको पछाडि छकोठे आरसीसी घर ठड्याएका छन् । तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको उनले बताए ।
नमूना बस्तीले तत्काललाई सुविधा दिए पनि अहिले प्रयोगमा आउन नसकेको स्थानीय सीता माझीले बताइन् । उनका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)