बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने
ratopati.com · Tue Oct 14 17:51:00 GMT 2025

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ । विभागले मंगलबार एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लास्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो ।
विभागले काठमाडौँ उपत्यकामा एक लिटर बोतलको पानी रु १६ र उपत्यका बाहिर रु २० निर्धारण गरेको छ । यस्तै, २० लिटर जारको पानीको काठमाडौँ उपत्यकाका लागि रु ४७ र उपत्यका बाहिरका लागि रु ६० निर्धारण गरिएको जनाएको छ । यसअघि पानी व्यवसायीले मनलाग्दी मूल्यमा बोतल तथा जारको पानी बिक्री गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)