मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्‍यो

kendrabindu.com · Wed Aug 19 08:41:15 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । सिंहदरबारमा जारी संसदीय दलको बैठकले विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

रास्वपा सांसद गणेश पराजुलीका अनुसार संसदीय दलको बैठकले ‘संसदीय दलको विधान २०८३’ लाई आवश्यकताअनुसार परिमार्जन गर्न कार्यदल गठन गरेको हो । कार्यदललाई सात दिनभित्र विधान संशोधनको प्रस्ताव तयार पार्नुका साथै आवश्यक कार्यविधिसमेत निर्माण गरी संसदीय दलसमक्ष पेस गर्ने जिम्मेवारी दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)