चोलेन्द्र शमशेरको महाअभियोगको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ जारी
ratopati.com · Wed Aug 19 08:57:11 GMT 2026

काठमाडौँ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तत्कालीन कांग्रेस माओवादी गठबन्धनले संसद्मा दर्ता गराएको महाअभियोगसँग जोडिएको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदीसहितको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । महाअभियोगसँग जोडिएको ४ वटा रिटमाथि सुनुवाइ भइरहेको छ । राणाविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)