विद्युत् महसुल दर पुनरावलोकन समितिको बैठक बस्दै, वर्षायाममा दर सस्तो बनाउने विषयमा छलफल हुने
clickmandu.com · Wed Aug 19 08:59:30 GMT 2026

काठमाडौं । बुधबार विद्युत् महसुल दर पुनरावलोकन समितिको पहिलो बैठक बस्ने भएको छ । प्राधिकरण सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गत साउन १३ गते उक्त समिति गठन भएको थियो । जसको बैठक आज दिउँसो ४ बजे बस्ने तयारी भएको हो ।
उक्त बैठकले वर्षायाममा बिजुलीको दर सस्तो बनाउने र हिउँदमा यथास्थितिमै राखी महसुल दरमा समयानुकूल परिवर्तन गर्ने विषयमा छलफल गर्नेछ । समिति संयोजक शाहीका अनुसार सो विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)