सेबोनद्वार मार्जिन ऋण नियमावलीको मस्यौदा सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्थाहरू
arthasansar.com · Wed Aug 19 08:56:34 GMT 2026

नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गरेको छ । मार्जिन ऋणसमबन्धि व्यवस्था अहिले पनि संचालनमा रहेको भए पनि यसमा विभिन्न प्रकारका जोखिम रहने भएकाले स्पष्ट नियामकीय तथा जोखिम व्यवस्थापन संरचनाको लागि नियमावली बनाउन लागिएको बोर्डले जनाएको हो ।
धितोपत्र बजारमा लगानीकर्ताले आफ्नो उपलब्ध पूँजीको अतिरिक्त नियमनबमोजिम ऋण प्राप्त गरी धितोपत्र खरिद गर्न सक्ने व्यवस्था नै मार्जिन ऋण कारोबार हो । यस व्यवस्थाले लगानीकर्ताको खरिद क्षमता तथा बजारमा पूँजी परिचालन बढाउन सहयोग पुर्याउछ । यसमा वित्तीय लिभरेज, बजार मूल्यमा उतारचढाव, तरलता, धितो मूल्यमा कमी तथा ग्राहकको दायित्व उल्लङ्घनबाट हुने जोखिम समेत रहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)