अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी
barnanmedia.com · Tue Oct 20 22:04:38 GMT 2026

संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न सक्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय ९ओचा० का अनुसार, नोभेम्बरदेखि अप्रिलसम्मको कठिन हिउँदमा खाद्य सङ्कट थप गम्भीर बन्ने सम्भावना छ । यस सङ्कटले विशेषगरी बालबालिका र कमजोर आर्थिक अवस्था भएका परिवारलाई बढी प्रभावित गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)