छात्रामाथि दुर्व्यवहार गरेको भिडिओ बाहिरिएपछि कोटेश्वरको एक होस्टल सिल, सञ्चालकलाई ३ लाख जरिवाना
techpana.com · Wed Aug 19 09:07:59 GMT 2026

काठमाडौं । बालकुमारीस्थित ‘न्यू फेमिली गर्ल्स होस्टेल’ मा छात्राहरूमाथि भएको दुर्व्यवहारको भिडिओ सार्वजनिक भएपछि प्रशासनले कडा कदम चालेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त अनुगमन टोलीले उक्त होस्टेललाई तीन लाख रुपैयाँ जरिवाना गर्दै सिलबन्दी गरेको हो ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा होस्टेल सञ्चालकले एक छात्रालाई अभद्र ढङ्गले गालीगलौज र धम्की दिएको देखिन्छ । होस्टेलको खाना र सेवाबारे गुनासो गर्दा सञ्चालक लक्ष्मी कार्की र उनको परिवारले उल्टै धम्की दिएको पीडित छात्राहरूको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)