‘संवैधानिक इजलाससँग स्थानीय तहको कार्यपालिकाले बनाएको कार्यविधि वा निर्देशिकाको वैधता जाँच्ने क्षेत्राधिकार छैन’
ratopati.com · Wed Aug 19 09:15:59 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासले स्थानीय तहको कार्यपालिकाले बनाएको कार्यविधि वा निर्देशिकाको वैधता जाँच्ने क्षेत्राधिकार संवैधानिक इजलाससँग नभएको प्रस्ट पारेको छ ।
सिन्धुलीस्थित सुनकोशी गाउँपालिकाकी एक शिक्षिकाले आफ्नो पदमुक्तिको विषयलाई लिएर दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त निवेदन क्षेत्राधिकारको अभावमा खारेज गरेको छ । सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदीसहितको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)