सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग
barnanmedia.com · Wed Aug 19 09:05:46 GMT 2026

साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै उक्त दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरिएको छ ।
‘सत्य र न्यायको खोजी अभियान’ले भूमि प्रशासन कार्यालय, भक्तपुरलाई पत्र पठाउँदै साविक दुवाकोट गाविस–८ (ख) को कित्ता नं ४७ को १९ रोपनी १० आना क्षेत्रफलमध्ये करिब १६ रोपनी जग्गा सार्वजनिक तथा सरकारी प्रकृतिको रहेको दाबी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)