बार्सिलोनामाथि पिएसजीको ४-२ गोलको रोमाञ्चक जित
ratopati.com · Tue Oct 20 22:30:55 GMT 2026
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार बुधबार बिहान भएको रोमाञ्चक खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले स्पेनिस क्लब बार्सिलोनालाई ४-२ गोलअन्तरले पराजित गरेको छ ।
खेलमा सुरुवाती अग्रता पिएसजीले लिएको थियो । खेलको ३८औँ मिनेटमा डिजायर डुएले गोल गर्दै पिएसजीलाई १-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा पिएसजी अगाडि रहे पनि दोस्रो हाफको ५५औँ मिनेटमा बार्सिलोनाका जाभी एस्पार्टले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)