सामुदायिक वनबाट बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक बरामद
barnanmedia.com · Wed Aug 19 09:19:05 GMT 2026

जिल्लाको वाणगंगा नगरपालिका –९ जिनुवास्थित कालिका सामुदायिक वनबाट बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइ राखिएको पाँच नाल भरुवा बन्दुक फेला परेको हो । बरामद गरिएका बन्दुकमध्ये तीन नाल साबुत अवस्थामा रहेका छन् भने दुई नाल बेसाबुत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)