भक्तपुरको दुवाकोटमा १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको दाबी, बदर गर्न माग
hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026
काठमाडौँ। साविक दुवाकोट गाविस–८ (ख) तथा हालको चाँगुनारायण नगरपालिका–१ मा पर्ने करिब १६ रोपनी सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै त्यसलाई बदर गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरिएको छ।
‘सत्य र न्यायको खोजी अभियान’ले भूमि प्रशासन (मालपोत) कार्यालय, भक्तपुरका प्रमुख अर्जुन राईलाई मागपत्र बुझाउँदै सो जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णय खारेज गर्न माग गरेको हो। अभियानका वरिष्ठ अधिवक्ताहरू ध्रुवलाल श्रेष्ठ, युवराज कोइराला, हरि कटेल, निकेश धिताल, स्थानीय गौरीमानसिंह थापा, न्हुछेंभक्त फोंजू तथा वडाध्यक्ष सिजन कार्कीसहितको टोलीले उक्त मागपत्र बुझाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)