नेकपामा मन्त्री छान्न सकस- भागबन्डा नमिल्दा नेतृत्वलाई चुनौती
nepalpress.com · Wed Aug 19 09:37:31 GMT 2026

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेसँग गठबन्धनमा रहेको मुख्य दल नेकपालाई मन्त्रीको नाम टुङ्ग्याउन सकस परेको छ। यहाँ नेकपाका १३ सांसद छन् । तीमध्ये १ जना सभामुख र अर्का विदेशमा छन् ।
११ जनामध्ये अधिकांश मन्त्रीका आकांक्षी देखिएका छन् । साबिक नागरिक उन्मुक्ति पार्टीका ३ र नेकप एसबाट आएका १ जनाले पनि दाबी पेश गरेका छन् । यसअघि मन्त्री बनिसकेका प्रमुख सचेतक इन्द्रजित चौधरी, रोल्पाबाट विद्रोह गरी स्वतन्त्र चुनाव जितेर पार्टी प्रवेश गरेका दीपेन्द्र पुन ‘सिजल’, बर्दियाका कृष्णकुश्मा थारू, एकीकृत समाजवादीबाट समाहित भएकी पूर्वमन्त्री भगवती घिमिरे, गुल्मीका कृष्णबहादुर सार्की र बर्दियाबाट साविक नाउपाबाट निर्वाचित राजकुमार चौधरी मन्त्री बन्ने दौडमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)