जेलेन्स्की र रुबियोबिच रक्षा सहयोग तथा शान्ति प्रयासबारे छलफल
barnanmedia.com · Tue Oct 20 22:46:19 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच मङ्गलबार टेलिफोन वार्ता भएको छ । वार्तामा युक्रेनलाई रक्षा सहयोग उपलब्ध गराउने तथा रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाउने विषयमा छलफल भएको जेलेन्स्कीले बताएका छन् ।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वार्ताका क्रममा ब्यालेस्टिक मिसाइल रोक्ने प्रतिरक्षा प्रणाली उपलब्ध गराउने, रुसी ब्यालेस्टिक मिसाइल आक्रमणबारे पूर्वसूचना दिने व्यवस्था गर्ने तथा स्टारलिङ्क र स्टारसिल्ड सेवा पुनः सञ्चालनमा ल्याउने आवश्यकताबारे कुराकानी भएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)