चिकित्सकहरु भन्छन्ः बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार आएको छ
ratopati.com
एजेन्सी । बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् । बेलायती महामारी एलिजाबेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्बन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ ।
उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै जानुभएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ । उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो । झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानुपरेको अधिकारीहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)