खानलाई निजी अस्पताल लैजाने आदेशविरुद्ध सरकार अदालत जाने
barnanmedia.com · Wed Aug 19 09:48:21 GMT 2026

पाकिस्तान सरकारले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा सार्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन निवेदन दायर गर्ने भएको छ । सरकारले उहाँको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै गर्नुपर्ने अडान राख्दै अदालतको आदेशलाई चुनौती दिने निर्णय गरेको हो ।
कानूनमन्त्री आजम नजीर तरारले सर्वोच्च अदालतको निर्णय ‘कानूनको चार कुनाभित्र नपर्ने’ बताउनुभएको छ । उहाँका अनुसार सरकारले अदालतको आदेश पुनरावलोकन गर्न निवेदन तयारी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)