दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल
ratopati.com · Tue Oct 20 23:12:18 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबिचको सौहार्द एकतालाई मूर्त रूप प्रदान गर्ने बताएका छन् ।
नेपालीहरूको महान् चाड बडा दसैँका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले राष्ट्रिय एकतालाई थप परिष्कृत र सुदृढ तुल्याउन माता दुर्गा भवानीले शुभाशीर्वाद प्रदान गरुन् भन्ने कामना समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)