फ्रान्समा फेरि प्रदर्शनको तयारी, सुरक्षाका लागि सेना परिचालनसमेत गरिने
ratopati.com · Tue Oct 20 23:29:47 GMT 2026

पेरिस। फ्रान्स सरकारले अक्टोबर १७ मा भएको हिंसा र लुटपाट नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी शनिबार हुने प्रदर्शनका लागि प्रहरीसँगै सेना पनि परिचालन गर्ने भएको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले मङ्गलबार आगामी शनिबार व्यापक सुरक्षा व्यवस्था लागू गरिने बताएका हुन्। अक्टोबर १७ मा पेरिस, मार्से, लियोनलगायत सहरमा हिंसा र लुटपाट भएपछि सरकारले सुरक्षा रणनीति परिवर्तन गर्ने जनाएको छ।
गृहमन्त्री लरेन नुनेजले पनि प्रहरीसँगै सेना परिचालन गरिने बताएका छन्। उनले पछिल्लो प्रदर्शनका घटनामा भएका कमजोरीप्रति दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी स्वीकार गरे। प्रधानमन्त्री लेकोर्नुले गुप्तचर सूचनामा कमजोरी भएको, प्रहरी परिचालन प्रभावकारी नभएको र प्रहरीको पूर्वनिर्धारित बिदा रद्द नगरिएको स्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)