बेथानचोक दुर्घटनाका घाइतेको शीर मेमोरियल अस्पतालमा उपचार हुँदै [तस्बिरहरु]
lokaantar.com · Tue Dec 13 17:09:04 GMT 2022
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ मा मङ्गलबार बस दुर्घटना हुँदा घाईते भएकामध्ये दर्जनबढीको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपा नगरपालिका वडा नं ११ सल्लेबाट बेथानचोक गाउँपालिका–५ च्याल्टीमा भएको ब्रतबन्धमा गएकाहरु फर्किने क्रममा गाडी दुर्घटना भएको थियो । घाईते भएकाको बनेपास्थितर शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने केहीको काठमाडौँ रिफर गरेको जनाएको छ । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् । तस्बिर, रासस
#दुर्घटना
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)