मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रमपूर्ण सूचनामा विश्वास नगर्न आग्रह

gorkhapatraonline.com · Thu Sep 21 06:48:08 GMT 2023

काठमाडौँ, असोज ४ गते । वैदेशिक रोजगार विभागले जर्मनीमा नेपाली सहायक श्रमिकको माग भएको भन्ने भ्रमपूर्ण सूचना केही दिनदेखि सामाजिक सञ्जालमा लगातार प्रकाशित भएकाले त्यस्ता भ्रमपूर्ण सूचनाको विश्वास नगर्न आग्रह गरेको छ । विभागले सामाजिक सञ्जालमा आएका त्यस्ता सूचनाहरू भ्रमपूर्ण र झुटा भएकाले त्यस्ता सूचनाबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको हो ।

विभागको विज्ञप्तिमा भनिएको छ, नेपाल सरकार र जर्मनी सरकारबिच भएको श्रम सम्झौताको हवाला दिई विभिन्न सेवा सुविधासहित आकर्षक तलबसम्बन्धी विषय समावेश गरी विभागले गर्ने सूचना जस्तै गरी जर्मनीमा नेपाली सहायक श्रमिक छनोटका लागि आवेदन आह्वानसम्बन्धी सामाजिक सञ्जालमा प्रसारण गरेको भ्रमपूर्ण विज्ञापन र सूचनाप्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ । विभागका अनुसार अहिलेसम्म सरकारले हालसम्म १११ वटा मुलुकलाई वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)