सत्यको विजयको प्रतीक पाटनको ऐतिहासिक मानमानेश्वरी पायः जात्रा
ratopati.com · Tue Oct 20 23:59:59 GMT 2026

ललितपुर। महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात् खड्ग जात्रा हर्षोल्लासका साथ मनाइएको छ। आसुरी प्रवृत्तिको प्रतीकमाथि सत्यको विजय भएको सम्झनामा प्रत्येक वर्ष महानवमीको दिन यो जात्रा मनाउने परम्परा रहिआएको छ।
मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठका अनुसार नवमीको दिन बिहान ५:०० बजे पाटन मङ्गलबजारको मूलचोकबाट खड्ग लिएर महालक्ष्मी मन्दिरमा पुगी पूजा सुरु भएको थियो। पाटन दरबार क्षेत्रको लिच्छविकालीन मनमानेश्वरी देवीको सञ्चालन गुठी ‘मू छेँ आँगन घर’ बाट धार्मिक विधिपूर्वक पूजापाठ गरिएको उनले जानकारी दिए। त्यसपछि झाँकी र बाजागाजासहित देवगणहरू महालक्ष्मी मन्दिरमा पुगेका थिए। त्यहाँ तान्त्रिक विधिबाट देवीको शक्ति आह्वान गरी पूजा सम्पन्न भएपछि देवगण तथा गुठियारहरूले हात-हातमा प्राचीन खड्ग बोकेर नगर परिक्रमा गरी पुनः मूलचोकमा फर्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)