मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सलमान खानलाई सगरमाथा आरोहण गर्न मन्त्री आलेको निम्तो

rajdhanidaily.com · Thu Mar 24 01:03:00 GMT 2022

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड सुपरस्टार सलमान खानलाई ‘सगरमाथा आरोहण’का लागि निम्तो दिएका छन् । माउन्टेन उडानदेखि ‘ब्रेकफास्ट’सम्मका लागि आमन्त्रण गर्दै मन्त्री आलेले आगामी १४ जेठमा हुने ‘दबंग टुर’ विषयमा समेत खानस“ग बुधबार ‘भर्चुअल संवाद’ गरेका हुन् ।

संवादमा मन्त्री आलेले खानलाई माउन्टेन उडानमार्फत् हिमशृंखला दृश्यावलोकन गराउने प्रस्तावसमेत गरेका छन् । ‘तपाईंको समय मिल्छ भने म माउन्टेन उडानमार्फत् सगरमाथाको सयर गराउन चाहन्छु, सगरमाथा ब्रेकफास्टका लागि लोकप्रिय पनि छ,’ आलेले संवादक्रममा भने, ‘म तपाईंलाई सगरमाथा आरोहणका लागि समेत निमन्त्रणा गर्दछु ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)