मार्जिन ऋणलाई व्यवस्थित गरिंदै, कारोबार गर्ने ब्रोकरलाई बोर्डको लाइसेन्स अनिवार्य
corporatenepal.com · Wed Aug 19 10:51:58 GMT 2026

काठमाडौं । अब धितोपत्र दलाल व्यवसायीले मार्जिन ऋण कारोबार गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमित लिनुपर्ने प्रस्ताव गरिएको छ । हाल यस्तो कारोबार गर्न धितोपत्र बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट सहमति लिए पुग्ने व्यवस्था छ । तर, अब बोर्डबाट अनुमति लिनुपर्ने प्रस्ताव गरिएको छ ।
नेपाल धितोपत्र बोर्डले तयार गरेको ‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । हाल उक्त मस्यौदा सुझावको लागि सार्वजनिक गरिएको छ । प्राप्त सुझावका आधारमा मस्यौदालाई परिमार्जन गरेर स्वीकृतिका लागि मन्त्रिपरिषद् पेश गर्ने बोर्डको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)