खेवाङले दिए गाउँलेलाई ‘भ्यू–टावर’ उपहार
ratopati.com · Tue Oct 14 20:22:00 GMT 2025

पाँचथर। पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले भ्यू–टावर निर्माण गरी गाउँलाई उपहार दिएका छन् ।
बेलायती सेनाबाट ५० वर्षअघि सेवा निवृत्त भएका खेवाङ निरन्तर गाउँमै बसेर सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू–भागको दृश्यावलोकन गर्न सकिने भएपछि खेवाङले भ्यू–टावर निर्माण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)